एप्पल संसारकै सबैभन्दा महंगो कम्पनी रहेन, साउदी कम्पनीले उछिन्यो

डिसी नेपाल
२९ वैशाख २०७९ ११:२९

काठमाडौं । विश्वको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरबको अरामकोको बजार मूल्य अमेरिकी टेक कम्पनी एप्पलको भन्दा बढेको छ । एप्पललाई पछि पार्दै अरामको विश्वको सबैभन्दा बढी बजार मूल्य भएको कम्पनी बनेको छ ।

अरामकोको कारोबार बुधबार उच्च स्तरमा थियो । ब्लूमबर्गको रिपोर्ट अनुसार कम्पनीले बुधबार २.३ ट्रिलियन डलरको व्यापार गरेको छ । यससँगै कम्पनीको बजार मूल्य २.४६४ ट्रिलियन डलर पुगेको छ भने एप्पलको मूल्य २.४६१ ट्रिलियन डलर पुगेको छ ।

सन् २०२० पछि यो पहिलो पटक हो, जब एप्पल पछि परेको हो। बुधबार, आईफोन बजार ५.२% को गिरावट देखियो र प्रति शेयर १४६.५ डलरमा बन्द भयो।

यो बजार फेरबदल धेरै लामो समय सम्म रहन सक्दैन र एप्पल फेरि शीर्ष कम्पनी बन्न सक्छ किनभने कुन कम्पनी बजारमा शीर्षमा रहन्छ भन्ने कुरा विश्व अर्थतन्त्रलाई असर गर्ने कारकहरूमा निर्भर हुन्छ।

यस वर्षको सुरुमा, एप्पलले ३ ट्रिलियन डलरको बजार मूल्य दाबी गर्‍यो, ब्लूमबर्गका अनुसार त्यतिबेला अरामकोको बजार मूल्य भन्दा करिब १ ट्रिलियन डलर बढी थियो।

तर त्यसयता एप्पलको बजार मूल्य करिब २० प्रतिशतले घटेको छ भने अराम्कोको मूल्य २८ प्रतिशतले बढेको छ । तेलको बढ्दो मूल्य र माग अरामकोको शीर्षमा उक्लनुको प्रमुख कारण हो।

टावर ब्रिज एडभाइजर्सका प्रमुख लगानी अधिकृत जेम्स मेयर भन्छन्, तपाईले एप्पललाई व्यापार र आधारभूत हिसाबले साउदी आरामकोसँग तुलना गर्न सक्नुहुन्न। तेलको मूल्य र आपूर्ति बढेपछि उनीहरू फाइदामा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *