पश्चिमी देशमा पहिलो पटक महिनावारीको बेला ३ दिन विदा दिइँदै

डिसी नेपाल
२९ वैशाख २०७९ १२:४९
64
Shares

काठमाडौं । स्पेनमा महिलाहरूलाई महिनावारीको समयमा हुने पीडालाई मध्यनजर गर्दै प्रत्येक महिना तीन दिन अतिरिक्त बिदा दिइनेछ। स्पेन यस्तो नियम लागू गर्ने पहिलो पश्चिमी देश हुनेछ।

महिनावारीको पीडाका कारण दिइने बिदाको सीमा मासिक ३ दिन तोकिएको छ । स्पेन सरकारले आगामी सातादेखि देशमा यी सुधारहरू लागू गर्न लागेको छ ।

मंगलबार बस्ने स्पेनको मन्त्रिपरिषद्को अर्को बैठकमा पारित हुने सुधार प्याकेजको एक भागको रूपमा विद्यालयहरूले पनि छात्राहरूलाई आवश्यक पर्ने ‘सेनेटरी प्याड’ उपलब्ध गराउनु पर्ने हुन्छ।

अहिलेसम्म केही देशमा मात्रै महिनावारीको समयमा बिदा दिइन्छ। जापान, दक्षिण कोरिया, इन्डोनेसिया र जाम्बिया महिनावारीमा बिदा दिने देशमा पर्छन्। अब यो सूचीमा स्पेन पनि सामेल भएको छ ।

यसैबीच स्पेनले पनि महिनावारी स्वास्थ्य र प्रजनन स्वास्थ्यको ग्यारेन्टी गर्न मार्च ३ मा एक प्याकेज घोषणा गरेको थियो । यसमा गर्भपतन गराउने महिलाहरुलाई बिदा दिने समेत समावेश थियो ।

यी सबै उपायहरू विशेष गरी पीडाबाट गुज्रने महिलाहरूलाई फाइदा पुर्‍याउने उद्देश्यले गरिएको हो। महिनावारीको समयमा धेरै महिलालाई ‘डिसमेनोरिया’ हुन्छ ।

यससँगै स्पेनमा सेनेटरी प्याड र ट्याम्पोनबाट पनि भ्याट हटाइनेछ। साथै, सामाजिक रूपमा सीमान्तकृत महिलाहरूलाई नि:शुल्क उपलब्ध गराइनेछ। स्पेनले वेश्यावृत्तिको लागि महिला बेचबिखन रोक्न एक कानून पारित गर्ने विचार पनि गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *