बाथरुममा शारीरिक सम्बन्धको क्रममा महिलाको मृत्यु

डिसी नेपाल
२९ वैशाख २०७९ १४:३७

काठमाडौं । रोमान्सको क्रममा ‘एड्भेन्चर’का कारण एक महिलाको मृत्यु भएको थियो । अनुसन्धानपछि यो जानकारी बाहिर आएको हो । बाथरुममा महिलाको शव फेला परेको थियो । प्रहरीले घटनालाई हत्याका रुपमा लिएर अनुसन्धान गरिरहेको थियो ।

घटना बेलायतको स्टाफोर्डशायरको हो । जहाँ सान्ड्रा मूर नामकी एक महिला आफ्नो फ्ल्याटमा मृत फेला परेकी थिइन् । मेडिकल टेस्टमा मृत्यु हुँदा महिलाको शरीरमा मंकी डस्ट (एक प्रकारको ड्रग्स) रहेको पाइएको थियो ।

महिलाको शव भेट्नुअघि नै उनको कोठाबाट एकजना व्यक्ति बाहिर निस्केको अनुसन्धानका क्रममा पत्ता लागेको थियो । तर अनुसन्धानले यौन क्रियाकलापका क्रममा महिलाको मृत्यु भएको निष्कर्ष निकालेको छ ।

स्टोक अन ट्रेन्ट लाईभको रिपोर्ट अनुसार सुरुमा प्रहरीले महिलाको मृत्युलाई हत्याका रूपमा अनुसन्धान गरिरहेको थियो। तर पछि यो थ्योरी अस्वीकार गरियो। प्रहरी अधिकारीहरूले सुनुवाई प्यानलको अगाडि ४० वर्षीया सान्ड्राले पनि यौन व्यवसाय गर्ने गरेको प्रमाण दिए ।

सान्ड्रा महिलाका लागि मात्र बनाइएको ब्लकमा बस्थिन्। जहाँ पुरुषलाई प्रवेशमा रोक लगाइएको थियो । तर पुरुष झ्यालबाट उनको घरमा आउने गर्दथे ।

महिलाको ३१ मे २०२१ मा मृत्यु भयो। त्यस दिन मध्यरातसम्म आकस्मिक सेवाका कर्मचारीले महिलालाई देखेका थिए । एक कर्मचारीले भने- मैले राति १२:२० बजे ठूलो आवाज सुनेँ। त्यसपछि मैले उनको घरको ढोका ढकढक्याएँ । करिब १ बजे फेरि आवाज आयो म फेरि उनको घर गएँ ।

कर्मचारीले थप भने– १.३० बजे फेरि मैले उनको स्वास्थ्य अवस्था सोधेँ । तर मैले कुनै जवाफ पाइन । त्यतिन्जेल मलाई कुनै शंका थिएन ।

बिहान ७:५५ बजे एकजना मानिस उनको कोठाबाट बाहिर निस्के। मैले उसलाई पहिले कहिल्यै देखेको थिइनँ। म उनको घर भित्र गएँ, उनी बाथरुममा थिइन् । म तुरुन्तै फोनतिर दगुरेँ र एम्बुलेन्स बोलाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *