रूसकी १२ वर्षकी बालिका भारतमा बलात्कृत

डिसी नेपाल
२९ वैशाख २०७९ १६:५०

काठमाडौं । गोवाको एक रिसोर्टमा १२ वर्षीया रुसी बालिकालाई बलात्कार गरेको आरोपमा कर्नाटकको गडाक जिल्लाबाट एक रूम अटेन्डेन्ट पक्राउ परेका छन् ।

गोवा प्रहरीले उक्त व्यक्तिलाई उनको गृहनगरबाट पक्राउ गरेको हो ।

रिपोर्टका अनुसार रुसी युवतीसँग भएको बलात्कारको घटना ६ मेको हो । त्यसपछि गोवा प्रहरीले कारबाही गर्दै अभियुक्तलाई मे १० मा उनको घरबाट पक्राउ गरेको थियो ।

रुसी बालिकाकी आमाले यस सम्बन्धमा मे ९ मा उजुरी दिएकी थिइन् ।

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै सम्बन्धित प्रहरी चौकीका इन्स्पेक्टर विक्रम नाइकले भने कि पीडितकी आमाले आफ्नी नाबालिग बालिकालाई स्विमिङ पुल र त्यसपछि होटलको कोठामा रूम अटेन्डेन्ट बलात्कार गरेको उजुरी दिएकी थिइन्।

यो घटना हुँदा बालिकाकी आमा अत्यावश्यक वस्तु लिन बजार गएकी थिइन् । कथित बलात्कारको आरोपमा आईपीसी धारा ३७६ र पोक्सो अन्तर्गत मुद्दा दर्ता गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *