एयर इण्डियाको नयाँ सीइओ र एमडीमा क्याम्पबेल विल्सन नियुक्त

डिसी नेपाल
२९ वैशाख २०७९ १७:००

काठमाडौं । टाटा सन्सले क्याम्पबेल विल्सनलाई एयर इन्डियाको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रबन्ध निर्देशक (एमडी) नियुक्त गरेको छ। ५० वर्षका क्याम्पबेल विल्सन पहिले सिंगापुर एयरलाइन्सको सहायक कम्पनी स्कूटमा सीईओ थिए जो एक सस्तो एयरलाइन सेवा हो ।

एक विज्ञप्तिमा टाटा सन्सले एयर इन्डियाको बोर्डले उनको नियुक्तिलाई अनुमोदन गरेको जनाएको छ। तर नियामकीय स्वीकृति भने आउन बाँकी छ । विज्ञप्तिमा यो पनि भनिएको छ कि क्याम्पबेल विल्सनसँग उड्डयन उद्योगमा २६ वर्षको अनुभव छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *