बाराका विभिन्न मतदान केन्द्रमा झडप, मतदान रोकियो

डिसी नेपाल
३० वैशाख २०७९ ९:४२

बारा। बाराका विभिन्न मतदान केन्द्रमा झडप भएको छ। झडपपनि मतदान प्रक्रिया रोकिएको प्रहरीले जनाएको छ।

देवताल गाउँपालिका–७ मा मतदानका क्रममा झडप भएको छ। दुई पक्षबीच विवाद हुँदा झडप भएको बारा प्रहरीले जनाएको छ। झडपका क्रममा १ जनाको टाउको फुटेको बारा प्रहरी प्रमुख एसपी दिलीपसिंह देउवाले जानकारी दिए।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। झडपपछि मतदान रोकिएको एसपी देउवाले बताए । त्यस्तै सिम्रौनगढ नगरपालिका–२ बैरियामा पनि झडप भएको छ । दुई पक्षबीच झडप भएपछि अहिले मतदान प्रक्रिया रोकिएको एसपी देउवाले बताए।

‘विभिन्न ठाउँमा झडपका घटना भइरहेका छन्। हामी त्यहाँ जादैछौं। कति ठाउँमा भयो भन्ने अहिलेसम्म यकिन भएको छैन्,’ एसपी देउवाले भने । सीमावर्ती क्षेत्रमा रहेका यी मतदान केन्द्र सुरक्षा दृष्टिकोणले अति सम्वेदनशिल केन्द्र हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *