मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्

डिसी नेपाल
३० वैशाख २०७९ ९:५०
888
Shares

कपिलवस्तु। नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन्।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएकाे विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए।

माओवादीमा अलग भएपछि निर्वाचन बहिस्कार गर्दै आएका विप्लव यसपटक भने मतदान गर्न भन्दै कपिलवस्तु आइपुगेका हुन्। देशभर शुक्रबार स्थानीय तह निर्वाचन भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *