एलन मस्क ट्रम्पप्रति नरम, बाइडेनप्रति आक्रामक

डिसी नेपाल
३० वैशाख २०७९ ११:०४
56
Shares

काठमाडौं । ट्विटर किनेर सनसनी मच्चाउने टेस्लाका सीईओ एलोन मस्कले जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको बारे ट्वीट गरेका छन् । अर्कोतर्फ, ट्रम्पको बारेमा उनले ट्रम्पको ट्विटर एकाउन्ट रिस्टोर गर्नुपर्ने भनेका छन् ।

मस्कले ट्वीट गरे, “बाइडेनको गल्ती यो हो कि उनी सोच्छन् कि उनी देश परिवर्तन गर्न छानिएका थिए, तर वास्तवमा सबैले अलि कम नाटक चाहन्थे।”

सन् २०२० मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरेका थिए ।

यी निर्वाचनको विशेष कुरा के हो भने सन् १९०० पछि यस निर्वाचनमा सबैभन्दा बढी मत खसेको थियो । जितपछि जो बाइडेनले ट्विटरमा जनतालाई धन्यवाद दिँदै लेखेका छन्, ‘अमेरिका, तपाईंले मलाई यो महान् देशको नेतृत्व गर्न चुन्नुभएको छ, यो मेरो लागि सम्मानको कुरा हो ।’

मस्कले अमेरिकी राष्ट्रपतिमाथि टिप्पणी गर्दै आएका छन् । यद्यपि मस्कले बाइडेनलाई ‘निशाना’ बनाएको यो पहिलो पटक भने होइन। यसअघि मार्चमा पनि मस्कले बाइडेनलाई व्यङ्ग्य गरेका थिए ।

मस्कले बाइडेनको स्टेट अफ द युनियनको एक सम्बोधनबारे खिल्ली उडाउँदै भने – बाइडेनले आफ्नो सम्बोधनमा टेस्लाको उल्लेख नगर्दा कसैले पनि उनको सम्बोधन सुनेको थिएन।

एलन मस्कले ट्वीटर किन्ने प्रक्रिया पूर्णतया सफल भएमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लगाइएको स्थायी ट्विटर प्रतिबन्ध हटाउने बताएका छन्।

यसअघि सन् २०२१ मा ट्विटरले हिंसालाई बढावा दिने सम्भावनालाई ध्यानमा राखेर यस्तो गरिएको भन्दै ट्रम्पको ट्वीटर अकाउन्टमा प्रतिबन्ध लगाएको थियो ।

ट्विटरले आफ्नो विज्ञप्तिमा राष्ट्रपति ट्रम्पको हालैका ट्वीटहरू (तत्काल) राम्ररी समीक्षा गरिएको बताएको छ। ट्विटरका अनुसार ट्रम्पको ट्विटको सन्दर्भ पनि देखियो र त्यसपछि यो खाता सदाका लागि निलम्बन गर्ने निर्णय गरियो।

फाइनान्सियल टाइम्स फ्युचर अफ द कार समिटमा ट्रम्पको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै मस्कले उनको खातामा प्रतिबन्ध लगाउनु नैतिक रूपमा गलत र मूर्खतापूर्ण भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *