पाकिस्तानी सांसदको अश्लील बेडरुम भिडियो लिक

डिसी नेपाल
३० वैशाख २०७९ १५:०७

काठमाडौं । पाकिस्तानको पीटीआई पार्टीका सांसद तथा चर्चित टिभी होस्ट आमिर लियाकतको केही आपत्तिजनक भिडियो सामाजिक सञ्जालमा लिक भएको छ । यो भिडियो लियाकतकी तेस्रो श्रीमती दानिया शाहले लिक गरेको बताइएको छ । दानियाले लियाकतसँग सम्बन्ध विच्छेदका लागि केही दिनअघि अदालतमा निवेदन दिएकी थिइन् ।

दानियाले आमिर लियाकतमाथि हमला, बन्दी बनाएर राख्ने र जबरजस्ती नग्न भिडियो खिच्नेसम्मका गम्भीर आरोप लगाएकी छिन् । सामाजिक सञ्जालमा लिक भएको यो भिडियोमा लियाकतलाई नग्न अवस्थामा देख्न सकिन्छ । भिडियोमा ओछ्यानमा लागूऔषध पनि राखिएको देख्न सकिन्छ ।

यी लीक भिडियोहरूमा लियाकतले ट्वीट गर्दै भनेका छन्, ‘उनीहरू नग्न भिडियोहरूमा मेरो राय जान्न चाहन्छन्। यस प्रकारको भिडियो लीक गराउनेहरुको नियत के हो भन्ने जवाफ छ ? कहाँ छ न्यायपालिका, जसको दायित्व हरेक नागरिकको इज्जतको रक्षा गर्ने हो । न्यायपालिकाले किन कदम चालेन ? संघीय अनुसन्धानको साइबर अपराध शाखाले अहिलेसम्म किन कारबाही गरेको छैन ?’

उनले व्यभिचार गर्नेहरु राम्रा तर विवाह रोज्नेहरु नराम्रो हुने बताए । दानियाले जे गरिन् त्यो निकाह जस्तो पवित्र सम्बन्धलाई कलंकित पार्ने काम भएको उनले बताए ।

लियाकतले भने, ‘यी भिडियोमा भएका कारण मानिसहरूले मेरो खिल्ली उडाइरहेका छन् । यदि यो भिडियोमा एउटी महिला भएको भए उदारवादीहरूले यस्तो व्यवहार गर्थे ?’

उनले सभ्य ढंगले अगाडि बढ्न चाहेकोले त्यस्तो भिडियो सेयर गर्न नचाहेको बताए । लियाकतले भने ‘दानियाले अल्लाहले बनाएको सबै सीमा पार गरिन्। उनले विवाहको गोपनीयता र विश्वास तोडेकी छन्।’ कुरानको श्लोकलाई उद्धृत गर्दै उनले श्रीमान्-श्रीमती एकअर्काको लुगाजस्तै भएको र दानियाले यो पोशाक च्यातेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *