रुपन्देहीमा ७० प्रतिशत मत खस्याे 

डिसी नेपाल
३० वैशाख २०७९ १७:२९

रुपन्देही । रुपन्देहीमा स्थानीय तह निर्वाचनमा बेलुका ५ बजेसम्म ७० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीका अनुसार जिल्लाका २०७ मतदान केन्द्रबाट ७० प्रतिशत मत खसेको हो । यद्यपि, बेलुका ५ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेकाहरूले मतदान गर्न पाउने भएकाले प्रतिशत केही बढ्न सक्नेछ ।

जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको भण्डारीले जानकारी दिए।

निर्वाचन कार्यालयले सर्वदलीय बैठक बसेर शुक्रबारदेखि नै मतगणना थाल्ने तयारी गरेको छ । रुपन्देहीका १६ स्थानीय तहको मतपेटिका संकलन गरिसकेपछि मतगणना सुरु गर्ने गरी तयारी थालिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *