मतदता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको खबरले प्रचण्ड मर्माहत

डिसी नेपाल
३० वैशाख २०७९ १८:५२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज स्याङ्जामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको खबरले आफू मर्माहत भएको बताएका छन् ।

‘स्याङ्जाको वालिङ–१४ अर्खलबास भन्ने स्थानमा आज बिहान मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको निधन भएको खबरले मर्माहत भएको छु,’ प्रचण्डले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

उक्त दुःखद् घटनामा दिवङ्गत भएकाहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *