धुलिखेलमा स्वतन्त्र उम्मेदवारको अग्रता
काठमाडाैं। काभ्रेको धुलिखेल नगरपालिकामा ५ सय मत गन्दा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता लिएका छन्। जेब्रा चुनाव चिन्ह भएका उनले २८३ मत पाएका छन् भने दोस्रो स्थानमा एमालेका अशोककुमार ब्याञ्जुले २१३ मत ल्याएका छन्।
गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले ८ मत पाएका छन्। मतगणना जारी छ।
धुलिखेलमा अघिल्लो निर्वाचनमा एमालेका ब्याञ्जु विजयी भएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment