मनाङ ङिस्याङ गाउँपालिकाअध्यक्षमा एमालेकाे अग्रता

डिसी नेपाल
३१ वैशाख २०७९ १०:०७
48
Shares

लमजुङ। मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको जारी मतगणनामा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार कान्छा घलेले ६६८ मत ल्याउँदै अग्रता कायम गरेका छन्।

जिल्लामा सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङ गाउँपालिकामा १ हजार ६ सय ५७ मत अर्थात ४६ दशमलब ८७ प्रतिशत मात्रै मत खसेको छ।

कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार छिरिङ ओङमा गुरुङ घलेले ५२६ मत ल्याएकी छन्। यस्तै, स्वतन्त्रबाट उपाध्यक्षका उम्मेदवार छिरिङ गुरुङले ५९९ मत ल्याएका छन् । रिन्जेन धोर्जे गुरुङले ५०७ मत ल्याएका छन्।

यसैबीच वडा नम्बर १ को अध्यक्षमा एमालेका मिङमर गुरुङ १६२ मतसहित विजयी भएका छन्। वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका खम्बा गुरुङ ६४ मतसहित विजयी भए । वडा नम्बर ३ मा स्वतन्त्रका कृष्ण लामा यसअघि नै निर्विरोध भएका थिए।

यस्तै, वडा नम्बर ४ मा एमालेका कमल गुरुङ ८७ मतसहित विजयी भए । वडा नम्बर ५ मा कांग्रेसका कर्म सेरप वाङगेल लामा १११ मतसहित विजयी भए । वडा नम्बर ६ मा एमालेका सोनाम गुरुङ १३५ मतसहित विजयी भएका छन् । वडा नम्बर ७ मा कांग्रेसका गुरक्याप गुरुङ ८७ मतसहित विजयी भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *