मनाङमा सकियो मतगणनाः ४ पालिकामध्ये २ कांग्रेस, २ एमाले
पोखरा। मनाङमा मतगणना सकिएको छ। चार पालिका रहेको यहाँ दुईवटाको अध्यक्षमा कांग्रेस र दुई वटामा एमालेका अध्यक्ष विजयी भएका छन्।
नासों गाउँपालिका र नार्पाभूमीमा कांग्रेस विजयी हुँदा चामे र मनाङ ङिस्याङमा एमाले विजयी भएका छन् । नासों गाउँपालिकामा कांग्रेसका धनबहादुर गुरुङले एमालेका मनबहादुर गुरुङलाई पराजित गरेका हुन्।
नार्पाभूमीमा कांग्रेसका कोन्जो तेन्जिङ लामाले कांग्रेसकै बागी कृष्णबहादुर लामालाई हराएका हुन्। चामे गाउँपालिकामा एमालेका लोकेन्द्र घलेले कांग्रेसका छिरिङ ध्वर्जे लामालाई पराजित गरे । मनाङ ङिस्याङमा एमालेका कान्छा घलेले कांग्रेसकी छिरिङ ओङमा घलेलाइ पराजित गरेका हुन्।
कान्छा र लोकेन्द्र दोश्रो पटक पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । २०७४ को चुनावमा पनि चामे र मनाङ ङिस्याङ एमाले तथा नासों र नार्पाभूमिमा कांग्रेस विजयी भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment