जनकपुरमा स्वतन्त्र उम्मेदवारको अग्रता,गठबन्धनको उम्मेदवार पाचौँ स्थानमा

डिसी नेपाल
३१ वैशाख २०७९ १३:०६
824
Shares

काठमाडौं। मधेस प्रदेशको राजधानी जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता लिएका छन। साहले २३२ मतका साथ अग्रस्थानमा रहेका छन् । उनको निकटम प्रतिद्वन्द्धीका रुपमा नेकपा एमालेका  शिवशंकर साह देखिएका छन् उनले ९५ मत प्राप्त गरेका छन्।

त्यस्तै तेस्रो स्थानमा अर्का स्वतन्त्र उम्मेदवार बलराम महतो,चौथो स्थानमा लोसपाका मनोज चौधरीले ४१ मत र गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका जसपाका लालकिशोर साह पाचौँ स्थानमा रहेका छन्।उनले ३४ मत प्राप्तगरेका छन्।

उपप्रमुखमा कांग्रेसका किशोरी साह ३०० मतसहित अग्रस्थानमा रहेका छन् । १३५ दोस्रोमा एमालेकी रुणादेवी झा रहेकी छिन्।स्वतन्त्र उम्मेदवार साह गठबन्धनको तर्फबाट लालकिशोरलाई उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेस परित्याग गरि उम्मेदवारी दिएका हुन्। साह जनकपुर नगर सभापति रहेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *