दशरथचन्द नगरपालिकामा एमाले र कांग्रेसको आलोपालो अग्रता

डिसी नेपाल
३१ वैशाख २०७९ १७:२७

बैतडी । दशरथचन्द नगरपालिकामा एक हजार ६ सय मत गणना भएको छ । जहाँ वडा नम्बर ११ को मत परिणाम सार्वजनिक भैसकेको छ भने अहिले वडा नम्बर १ को मतगणना जारी छ ।

वडा नम्बर १ मा वडा अध्यक्षका उम्मेदवार नेकपा एमालेका बिष्णु भट्टले सात सय १७ मत प्राप्त गर्दै अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका भुवनराज भट्टले सात सय १५ मत ल्याएर पछ्याउँदै छन् । बिष्णु र भुवन पालोपालो गरी अग्रता लिइरहेका छन् ।

दशरथचन्दको नगर प्रमुखमा भने नेकपा एमालेका पुस्करराज जोशी(लख्खाभाइ) अग्रस्थानमा छन् । उनले अहिले एक हजार एक सय ३५ मत प्राप्त गरेका छन् भने कांग्रेसका गजेन्द्र रावलले एक हजार नौ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका कौशिला चन्दले एक हजार ६९ मत प्राप्त गरेकोमा एमालेका सरस्वती नेपालीले एक हजार १७ मत प्राप्त गरेकी छिन् ।

दशरथचन्द नगरपालिका-११ मा भने नेकपाएमालेका जयदत्त पन्त प्यानलसहित वडा अध्यक्षका विजयी भैसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *