बर्दियाको बाँसगढी -१ मा माओवादी केन्द्रको प्यानल विजयी

डिसी नेपाल
३१ वैशाख २०७९ १९:०१

बर्दिया ।बर्दियाको बाँसगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रले वडा अध्यक्षमा खाता खोलेको छ ।

बाँसगढी नगरपालिका वडा नं १ को वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका जयराज पाण्डे र उनको पुरै प्यानल विजयी भएको छ ।

वडा नं १ मा जम्मा १ हजार २ सय ६० मत खसेको थियो । त्यस मध्य ६ सय १५ मत ल्याएर जयराज पाण्डे आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन बहादुर बुढालाई ३ मतको अन्तरले हराएर विजयी भएका हुन् ।

यस अघिको स्थानीय तह निर्वाचनमा पनि बाँसगढी नगरपालिका वडा नं १ बाट पाण्डे वडा अध्यक्ष पदमै निर्वाचित भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *