रोल्पाको सुनिलस्मृति- २ मा स्वतन्त्र उम्मेदवार गिरी विजयी

डिसी नेपाल
३१ वैशाख २०७९ २३:२३

रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा स्वतंत्र उम्मेदवार (लौरो चिन्ह) बाट नेत्र बहादुर गिरी विजयी बनेका छन्।वडानं२ मा स्वतन्त्र उम्मेदवारी दिएका गिरीले ५०७ मत लिएर विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का शान्तराज शाहले ४६९ मत प्राप्त गरे । निवर्तमान वडाध्यक्ष समेत रहेका गिरी ७४ सालको चुनाबमा पनि स्वतंत्रबाटै विजयी बनेका हुन् । गिरी स्थानिय स्तरमा निकै लोकप्रिय नेताको रुपमा परिचित छन्।उनले बितेको ५ वर्षमा आफुले राज्यबाट पाएको सबै सेवासुविधाहरु समाजसेवामा लगाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *