पूर्वराज्यमन्त्रीको गृह वडामा जसपाको प्यानलै विजयी

डिसी नेपाल
२ जेठ २०७९ ७:१४

सिरहा। मधेश प्रदेशका पूर्वराज्यमन्त्री सुरेश मण्डलको गृह वडामा जनता समाजवादी पार्टी नेपालको प्यानलै विजयी भएको छ। सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं.१ मा जसपा नेपालको वडा अध्यक्ष पदको उम्मेदवार जयराम कामति नेतृत्वको सम्पूर्ण प्यानल विजयी भएको हो।

वडाध्यक्ष जयराम कामति १०१ मतले बिजयी भएका हुन् । उनी लगायत सम्पूर्ण सदस्य बेचन मण्डल, अजय मण्डल, रोजिता खातुन र सोगारथी पासवान विजय भएका छन्।

आफ्नो वडामा जसपालाई विजयी गराउन पूर्वराज्यमन्त्री मण्डलसहितको टिम दिनरात लागेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *