विमानभित्र महिलाले स्टन्ट गरेको भाइरल भिडियामा के छ ?

डिसी नेपाल
२ जेठ २०७९ १४:०२
940
Shares

न्युयोर्क। यात्राको आनन्द लिने उत्तम तरिका भनेको हल्का सामान बोक्नु हो। तर, केही व्यक्तिहरू आफ्ना कार्यमा दक्ष र असजिलो व्यवस्थापन गर्न सक्षम हुन्छन्। विमानमा बच्चासँगै यात्रा गरिरहेकी महिलाको भिडियो यसको उत्कृष्ट उदाहरण हो।

अहिले भाइरल भिडियोमा महिलाले आफ्नो खुट्टाले विमानको ओभरहेड क्याबिन बन्द गरेको देखाइएको छ। यसले महिला विमानबाट उत्रिन लागेको देखिन्छिन्। बच्चालाई एक हातमा समातेर अर्को हातमा विमानको क्याबिनबाट सामान निकाल्छिन्।

विमानका यात्रु र अन्य कर्मचारीले उनलाई सहयोग नगरेकाले महिला निरीह भएको तपाईले सोचिरहँदा त्यहाँ अकल्पनीय दृश्य देख्न सकिन्छ। ओभरहेड क्याबिनको ढोका बन्द गर्न जिमन्यास्टिक खेलाडीले झैँ उनले दाहिने खुट्टा उठाउँछिन्।

उनको छोटो तर रमाइलो स्टन्ट सामाजिक सञ्जालमा भाइरल बनेको छ। लाखौँले सो भिडियो हेरेका छन् भने भिडियोमा ६ हजार ८६१ जनाले लाइक गरेका छन्। ‘ त्यो प्रभावशाली छ’, एक प्रयोगकर्ताले लेखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *