महोत्तरीको बर्दिबास १३ मा कांग्रेसका बागी उम्मेदवार सिह विजयी

डिसी नेपाल
२ जेठ २०७९ १९:२१

महोत्तरी । बर्दिबास नगरपालिकाको वडा न.१३ मा कांग्रेसका बागी उम्मेदवार लक्ष्युमण सिंह वडा अध्यक्षमा विजयी भएका छन् ।

जेब्रा चिन्हवाट प्रल्हाद क्षेत्री प्यानलमा कांग्रेसबाट बागी उम्मेदवार दिएका सिंह निकटम प्रतिद्वन्द्वीलाई ३६ मतले उछिन्दै विजयी भएका हुन् ।

निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार सिंहले ४४७ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ४११ मत प्राप्त गरेका छन् ।

बर्दिबास नगरपालिकाको वडा न.७,८,१ र १३ मा मतगणना गर्दा वडा न.८ मा माओवादी केन्द्रले जित हासिल गरेको छ भने बाँकी १,७,१३ मा बागी उम्मेदवारहरुले नै जित हासिल गरेका छन् ।

नगरमा पनि वागी उम्मेदवार प्रल्हाद क्षेत्री नै अगाडि छन् । उनी निकटम प्रतिद्वन्दी भन्दा दोब्बर मतले अघि छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *