मनी प्लान्ट रोप्नु भएको छ ? यी ५ गल्ती कहिल्यै नगर्नुहोस् !

डिसी नेपाल
३ जेठ २०७९ १२:३९
624
Shares

काठमाडौं । मनिप्लान्ट घरभित्रै रोप्न मिल्ने एक प्रकारको लहरे विरुवा हो । मनीप्लान्ट पानी वा माटो दुबैमा रोप्न सकिन्छ । घर भित्र र बाहिर सजावटका लागि मनी प्लान्ट रोप्ने गर्दछौं । मनी प्लान्टले घरको हरियाली मात्र नभई घरलाई अझ सुन्दर पनि बनाउँछ। घरमा मनी प्लान्ट लगाउनाले परिवारको आर्थिक अभाव पनि हट्ने जनविश्वास रहेको छ । आज हामी तपाईलाई मनी प्लान्टसँग सम्बन्धित ५ यस्ता कुरा बताउन गइरहेका छौँ । जुन भुलेर पनि गर्न हुँदैन ।

मनी प्लान्टलाई कडा घामबाट बचाउनुहोस् । मनी प्लान्टको बिरुवालाई बढ्नका लागि धेरै घाम चाहिदैंन। यसलाई घाममा राखियो भने बढ्नु राम्रो हुनको सट्टा यो ओइलाउने गर्दछ । त्यसैले, यो बिरुवा सधैं घर भित्र राख्नुपर्छ। यो बिरुवालाई खुला घाममा राख्नाले सुक्न सक्छ। जुन आर्थिक रूपमा अशुभ मानिन्छ।

मनी प्लान्टको बिरुवा सिधै जमिनमा राख्नु हुँदैन। किन भने यो बिरुवा छिटो बढ्छ। त्यसैले यसलाई तल छोड्नु भयो भने, यो घरमा जंगल जस्तै फैलिन्छ। जुन राम्रो मानिदैंन । यसको सट्टामा तपाईंले यसलाई डोरी वा लट्ठीको सहायताले माथि सार्न मद्दत गर्न सक्नुहुन्छ। मनी प्लान्टको विरुवालाई सधै माथी तर्फ गएको शुभ मानिन्छ ।

मनी प्लान्ट बिरुवा बिर्सीएर पनि कसैलाई उपहार नदिनुहोस् । मनी प्लान्टलाई शुक्र ग्रहको प्रतीक मानिन्छ। यो बिर्सेर पनि अरू कसैलाई उपहार दिनु हुँदैन। यसो गर्नाले अरुलाई आफ्नो घरको सुख, शान्ति र आर्थिक समृद्धिको उपहार दिने विश्वास गरिन्छ। जसले गर्दा तपाईको घरमा गरिबीको बास बस्न थाल्छ ।

मनी प्लान्टको बिरुवा राख्दा सही दिशाम राख्नु पर्दछ । जस्ले घरमा सुख–समृद्धि र परिवारमा शान्ति कायम राख्दछ । यदि मनी प्लान्टको विरुवालाई सही दिशामा राख्नु भएन भने मानिस ऋणको बोझले दबिन्छ । मनी प्लान्ट घरको उत्तर–पूर्व दिशामा बिरुवा राख्नु हुँदैन । जसका कारण घरमा नकारात्मक शक्ति प्रवेश गर्छ । बरु बिरुवा सधैं दक्षिण(पूर्व दिशामा राख्नुपर्छ।

मनी प्लान्टको पात सुकाउनु अशुभ मानिन्छ । घरमा माता लक्ष्मीको प्रवाह कायम राख्न मनी प्लान्टको हेरचाहमा कुनै कमी हुनु हुँदैन। अन्य बिरुवाहरु जस्तै मनी प्लान्टको पातहरु पनि समय समयमा सुक्दै जान्छ। यस अवस्थामा, सुख्खा पातहरू हटाउनु पर्दछ । यदि मनी प्लान्टमा यी सुक्खा पातहरू छोडिन्छ भने, यसलाई दुर्भाग्य र संकटको आगमनको प्रतीक मानिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *