हार्दिक पटेलले पार्टीबाट राजीनामा दिए
काठमाडौं । गुजरातमा कांग्रेस नेता हार्दिक पटेलले पार्टीबाट राजीनामा दिएका छन्। हार्दिक पटेलले ट्वीट गर्दै यसको जानकारी दिएका छन् ।
उनले ट्विट गर्दै भनेका छन्, ‘आज म साहसका साथ कांग्रेस पार्टी र पार्टीको प्राथमिक सदस्यताबाट राजीनामा दिन्छु । म विश्वस्त छु कि मेरो निर्णयलाई मेरा सबै सहकर्मी र गुजरातका जनताले स्वागत गर्नेछन्। मलाई विश्वास छ कि मेरो यो कदमपछि म भविष्यमा गुजरातको लागि साँच्चै सकारात्मक काम गर्न सक्षम हुनेछु।’
हार्दिक पटेल लामो समयदेखि कांग्रेस पार्टीसँग रिसाउँदै आएका थिए । अप्रिल महिनामा पनि उनले कांग्रेसबारे टिप्पणी गरेका थिए । हार्दिक पटेलले आफ्नो अवस्था पार्टीमा बन्ध्याकरण गरिदिएको नयाँ दुलहाको जस्तै भएको बताएका थिए ।
पार्टीले बेवास्ता गरेको आरोप लगाउँदै हार्दिक पटेलले भनेका थिए, “मलाई प्रदेश कांग्रेस कमिटीको कुनै पनि बैठकमा निमन्त्रणा गरिएको छैन, उनीहरूले कुनै निर्णय लिनुअघि मसँग परामर्श गर्दैनन्, तब यो पदको के अर्थ छ।”
हार्दिक पटेलले भने, “हालसालै उनीहरू (कांग्रेस)ले राज्यमा ७५ नयाँ महासचिव र २५ नयाँ उपाध्यक्षहरूको नाम घोषणा गरे। के उनीहरूले मलाई एक पटक पनि सोधे, हार्दिक भाइ, के तपाईंलाई लाग्छ कि यो सूचीबाट कुनै बलियो नेता हराइरहेको छ?”
No ads found for this position

डिसी नेपाल
Facebook Comment