युक्रेनी सेनाद्वारा मारिउपोलमा रूससमक्ष आत्मसमर्पण
काठमाडौं । रुस र युक्रेनबीच करिब साढे दुई महिनादेखि युद्ध चलिरहेको छ । यसैबीच, युक्रेनी सेनाले मंगलबार मारिउपोलमा आफ्नो अपरेशन समाप्त भएको घोषणा गरेको छ। युक्रेनको सेनाले मङ्गलबार त्यहाँ फसेका आफ्ना सेनालाई निकाल्ने र महिनौंको बमबारीपछि मारिउपोलको नियन्त्रण रूसलाई सुम्पेको बताएको छ छ। यस बीचमा २५० भन्दा बढी युक्रेनी लडाकुहरूले मारिउपोलको अजभस्टल स्टिलवर्कमा आत्मसमर्पण गरेका छन्।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनले आफ्ना नायकहरूलाई जीवित राख्न चाहेको बताएका छन् । युक्रेनका सैन्य कमाण्डले अजोभास्टल स्टिल प्लान्टको सुरक्षाको लागि मिसन समाप्त भएको घोषणा गरेका छन् । ‘हामी आशा गर्छौं कि हामी हाम्रा जनताको जीवन बचाउन सक्षम हुनेछौं’ जेलेन्स्कीले भनेका छन् । तर, मारिउपोलका मेयर यहाँका जनताको अवस्था गम्भीर रहेको बताउँछन् । उनका अनुसार १ लाखभन्दा बढी मानिसहरू दक्षिणपूर्वी बन्दरगाह सहरमा फसेका छन् र भाग्न मद्दतको लागि पर्खिरहेका छन्।
सुमी ओब्लास्टका गभर्नर दिमित्रो जाभ्यात्स्कीले रुसी सेनाले मे १७ मा ७६ वटा विस्फोट गराएको बताए । उनले यहाँ युक्रेनी सीमामा रुसले गोली चलाएकोले आगलागी भएको बताए । चेर्निहाइभ ओब्लास्टमा रुसी हवाई आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सुस्पिलेन मिडियाले राज्य आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै हताहत भएको जानकारी दिएको हो । जानकारी दिँदै गभर्नर भायाचेस्लाभले देसना गाउँमा रहेको सैन्य तालिम केन्द्रमा हवाई आक्रमण भएको बताए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटोमा सामेल हुन दबाबको बीचमा स्वीडेनका प्रधानमन्त्री म्याग्डालेना एन्डरसन र फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टोलाई बिहीबार ह्वाइट हाउसमा होस्ट गर्नेछन्। ह्वाइट हाउसले आपसी रक्षा गठबन्धनमा सामेल हुन दुई देशका आवेदनहरू सहित युरोपेली सुरक्षाबारे छलफल गर्ने बताएको छ। दक्षिण कोरिया र जापानको चार दिने भ्रमणका लागि निस्कनुअघि बाइडेनको भेटवार्ता हुनेछ ।
युक्रेनका राष्ट्रपतिका शीर्ष सल्लाहकार तथा वार्ताकार मिखाइलो पोडोलिकले रुससँग युद्ध अन्त्यका लागि जारी वार्ता स्थगित भएको बताएका छन् । उनले मार्चको अन्त्यमा इस्तानबुलमा दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता भएपनि त्यस पछि पनि खासै परिवर्तन नभएको र यस दिशामा कुनै प्रगति नभएको बताए ।
पछिल्ला केही दिनदेखि युक्रेनी सेनाले रुससँग सीमा जोडिएका गाउँहरूमा भीषण गोलाबारी गरिरहेको समाचार आइरहेका छन् । रुसको बेल्गोरोड क्षेत्रका गभर्नरले विगत साढे दुई महिनामा यस क्षेत्रमा करिब ३ सय घर ध्वस्त भएको बताएका छन् ।
युक्रेनले खेरसन नजिकै रूसी इन्धन डिपो नष्ट गरेको छ। युक्रेनको अपरेशनल कमाण्ड साउथले युक्रेनी सेनाले उक्त क्षेत्रमा रुसी एन्टी-एयरक्राफ्ट मिसाइल प्रणाली, ट्याङ्क, सैन्य उपकरण र २९ जना कर्मचारीलाई मारेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment