प्रभू साहको क्षेत्रको मौलापुरमा एमाले निर्वाचित

डिसी नेपाल
४ जेठ २०७९ २१:५२

रौतहट । प्रभू साहको निर्वाचन क्षेत्रमा पर्ने रौतहटको मौलापुर नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएको छ ।

साहकी पत्नी रीनाकुमारी मौलापुरको मेयरमा निर्वाचित भएकी हुन् ।

उनले ५ हजार ५६४ मत पाउँदा गठबन्धनका उम्मेदवार रमप्रवेश साहले ३०६२ मत पाए ।

रीनाकुमारी २०७४ सालको निर्वाचनमा माओवादीको तर्फबाट मेयर निर्वाचित भएकी थिइन् ।

प्रभू साह माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *