सप्तरीको महादेवा गाउँपालिकामा लोसपा विजयी

डिसी नेपाल
४ जेठ २०७९ २२:१९

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जित हासिल गरेको छ ।

अध्यक्षमा लोसपाका सुनिल मण्डल ४ हजार ५ सय ७० मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक कुमार यादव २ हजार २ सय ५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा लोसपाकै अर्चना कुमारी यादव निर्वाचित भएकी छन् । उनले ३ हजार ८सय ६७ मत प्राप्त गरि निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुष्माकुमारी मण्डलले २ हजार २ सय ५३ मत प्राप्त गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *