तिलाठी कोईलाडी गाउँपालिकामा कांग्रेस विजयी

डिसी नेपाल
४ जेठ २०७९ २३:११

सप्तरी । तिलाठी कोईलाडी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका अरूण मण्डल निर्वाचित भएका छन् । उनले ५ हजार ४ सय ५७ मत ल्याएर विजय भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका सतिश कुमार सिंहले ३ हजार ५ सय ७५ मत ल्याए।सिंह गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।
उपमेयरमा नेपाली कांग्रेसकै फुलकुमारी साहले ३ हजार ६ सय ८१मत प्राप्त गरेर विजय भएकी छिन् ।

उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादीका रेणु मण्डलले २ हजार ६ सय ४ मत प्राप्त गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *