असाममा भिषण वर्षापछिको बाढी र पहिरोमा ९ जनाको मृत्यु, लाखौँ प्रभावित

डिसी नेपाल
५ जेठ २०७९ ९:११
184
Shares

असाम। असाममा आएको बाढी र पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ। बाढीका कारण २७ जिल्लाका ६० लाखभन्दा मानिस प्रभावित भएका छन् । प्रिमनसुनमा वर्षापछि आएको बाढीबाट हजारौँ मानिस विस्थापित भएका छन्। अहिलेसम्म ४८ हजार मानिसहरूलाई विभिन्न २४८ ओटा राहात शिविरमा स्थानान्तरण गरिएको छ।

बाढीबाट सबैभन्दा बढी पूर्वी होजाइ र काचर जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन्। यी जिल्लामा दुई लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । होजाई जिल्लामा फसेका दुई हजारभन्दा बढी मानिसलाई सेनाले उद्धार गरेको छ।

बाढीका कारण दक्षिणी असामको दिमा हासो जिल्ला पनि नराम्रोसँग प्रभावित छ। बाढीले विद्युतका पोल बगाउँदा र सडक भत्काउदा त्यहाँ उद्धार कार्य प्रभावित भएको छ।

यसैबीच, बाढीमा ज्यान गुमाएका पीडितका परिबारलाई सरकारले जनही ४ लाख दिने भएको छ। अविरल वर्षाका कारण भारतको उत्तरी राज्य असाम, मेघालय र अरुणाञ्चल प्रदेश पछिल्लो दुई दिनदेखि प्रभावित छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *