१ सयको नोट २ करोडमा बिक्यो
काठमाडौं । एउटा पैसाको नोट २ करोड रुपैयाँभन्दा बढीमा बिक्री भएको छ । १०० प्यालेस्टाइनी पाउण्डको यो नोट एक लिलामीमा १ लाख ४० हजार ब्रिटिश पाउण्ड (२ करोड १५ लाख नेपाली रूपैयाँ)मा बिक्री भएको हो ।
स्वयंसेवक पॉल वाइम्यान अक्सफाम एनजीओमा काम गर्छन् । उनी बेलायतको एसेक्सस्थित ब्रेन्टवुड शाखामा काम गर्छन्। उनले दान पात्रको बक्समा यो अनौठो नोट देखेका थिए ।
‘द इन्डिपेन्डेन्ट’को रिपोर्टका अनुसार यो दुर्लभ नोट बेलायतले प्यालेस्टाइनमा शासन गरिरहेको बेला छापिएको थियो । यो नोट १०० प्यालेस्टिनी पाउण्डको थियो । नोटमा छापिएको मिति सन् १९२७ छ।
जब पल वाइम्यानले यो नोट पाए, उनले लिलामीकर्ताहरूलाई सम्पर्क गरे। त्यसको मूल्य ३० हजार पाउण्डभन्दा पर्न सक्ने उनीहरुले अनुमान गरेका थिए ।
तर, यो दुर्लभ नोट लन्डनको स्पिङ्क लिलामी घरमा १ लाख ४० हजार पउण्डको अप्रत्याशित मूल्यमा बिक्री भयो। यो नोटको अनलाइन लिलामी २८ अप्रिलमा भएको थियो ।
पाउल वाइमनले भने कि जब उनले यो नोट पाए उनलाई थाहा थिएन कि उनको हातमा रहेको चीज वास्तवमै दुर्लभ छ। तर, निकै महंगोमा बिक्री भएपछि उनले पनि यो कुरामा विश्वास गरे ।
अमेरिका, मध्य पूर्वका सबै मानिसहरूले यस नोटको बारेमा आफ्नो चासो देखाएका थिए । बैंकनोट विशेषज्ञ रहेका स्पिङ्क अक्सन हाउसका एलेन फङले अहिले १० भन्दा कम यस्ता नोटहरू अस्तित्वमा रहने बताए ।
अक्सफामका निर्देशक लोर्ना फालोनले पल वाइम्यानलाई धन्यवाद दिइन् । लोर्नाले भनिन् यो नोट मार्फत उठेको पैसाले पूर्वी अफ्रिकाका मानिसहरूलाई मद्दत गरिनेछ। यी मानिसहरू लामो समयदेखि भोकमरीको समस्याबाट ग्रसित छन्। साथै, युक्रेनका शरणार्थीहरूलाई पनि सहयोग गरिनेछ।







डिसी नेपाल







Facebook Comment