अष्ट्रेलियाको बेरोजगार दर ४८ वर्षयताकै सबैभन्दा न्यून
सिड्नी। अष्ट्रेलियाको बेरोजगार दर ४८ वर्षयताकै सबैभन्दा न्यून रहेको छ। संघीय चुनावको दुई दिन अघि सरकारले देशमा बेरोजगार दर न्यून भएको तथ्यांक सार्वजनिक भएको हो।
बेरोजगारी दर अप्रिलमा ३ दशमलब ८५ प्रतिशतमा झरेको आधिकारिक तथ्यांक निकायले जनाएको छ। यो दर सन् १९७४ पछिको अहिसम्मकै थोरै हो।
अष्ट्रेलियाको अर्थतन्त्रले अप्रिलमा थप ९२ हजार ४ सय पूर्णकालीन रोजगारी सिर्जना गरेको अष्ट्रेलियाको तथ्यांक व्युरोले जनाएको छ। यो अघिल्लो महिनाको तुलनामा ३ दशमलब ९३ प्रतिशतले कमी हो।
धेरै रोजगारदाताहरू भन्छन् कि उनीहरुलाई कर्मचारी पाउनै गा¥हो भइरहेको छ। ‘हामी पक्कै पनि कर्मचारी अभाव महसुस गरिरहेका छौं’, सिड्नी रेस्टुरेन्ट समूह एप्पलज्याक हस्पिटालिटीका मानव संसाधन प्रबन्धक म्याट जेनकिन्सले भने।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment