बलात्कारको बिरोधमा भव्य कार्यक्रममा महिलाले गरिन् नग्न भएर विरोध प्रदर्शन

डिसी नेपाल
७ जेठ २०७९ १५:३०

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२२ को रातो कार्पेटमा एउटी महिलाले हंगामा मच्चाइन्। कान्सको रेड कार्पेटमा एक महिला आएर टपलेस भएर चिच्याउन थालेपछि हंगामा मच्चियो । यी महिलाले आफ्नो शरीरमा युक्रेनको झण्डाको रंग कोरेकी थिइन् । उनको शरीरमा ‘हामीलाई बलात्कार गर्न बन्द गर’ लेखिएको थियो ।

हलिउड कलाकार टिल्डा स्विन्टन र इड्रिस एल्बा ७५ औं कान्स फिल्म फेस्टिभलमा आफ्नो नयाँ फिल्म थ्री थाउजन्ड इयर्स अफ लोङ्गिङको प्रिमियरको लागि आइपुगेका थिए । यही बीचमा अपरिचित महिला आएर कराउन थालिन् । महिलाले आफ्नो शरीरमा युक्रेनी झण्डाको रंग लगाएकी थिइन् । रातो रंगको अन्डरप्यान्ट पनि लगाएकी थिोन्, जसमा रातो दागहरू थिए। महिलाका कारण रातो कार्पेटमा मानिसहरु रोकिएका थिए । त्यसपछि सुरक्षाकर्मीले उनलाई कालो ज्याकेट लगाएर आफूसँगै लगेका थिए ।

ती महिला वास्तवमा युक्रेनकी एक कार्यकर्ता थिइन् भन्ने बताइएको छ । युक्रेन र रुसबीच केही महिनादेखि युद्ध चलिरहेको छ । यसैबीच युक्रेनी महिलामाथि बलात्कारका घटना पनि बाहिर आएका छन् । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गत महिनाको अनुसन्धानले धेरै बलात्कारका घटनाहरू पत्ता लगाएको बताएका छन्। रुसी सेनाले महिला र साना बालबालिकालाई यौन शोषण गरिरहेको छ ।

यस वर्षको कान्स फिल्म फेस्टिभलमा युद्ध एउटा ठूलो विषय हो। मे १९ मा, कान्स २०२२ मा मारिउपोलिस २ नामक वृत्तचित्र देखाइयो। यो एक लिथुआनियाली निर्देशक मान्टास क्वेदाराभिसियस द्वारा बनाईएको थियो। गत महिना युक्रेनमा रुसी सैनिकले मान्टासको हत्या गरेका थिए । महोत्सवको बजारले शनिबार, मे २१ मा सम्पूर्ण दिन युक्रेनी फिल्म निर्माताहरूलाई समर्पित गरेको छ। यसै दिन निर्देशक सर्गेई लोज्नित्साले आफ्नो फिल्म द नेचरल हिस्ट्री अफ डिस्ट्रक्शन पनि देखाउन लागेका छन् । फिल्म दोस्रो विश्वयुद्धको समयमा जर्मन बमबारीको बारेमा हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *