बंगलादेश र भारतको बाढी पहिरोमा कम्तीमा ५७ जनाको मृत्यु

डिसी नेपाल
८ जेठ २०७९ १५:१३
324
Shares

ढाका। बंगलादेश र भारतका विभिन्न भागमा आएको बाढी र पहिरोमा कम्तीमा ५७ जनाको मृत्यु भएको छ। बाढी पहिरोपछि लाखौँ मानिस विचल्लीमा परेका छन्।

बंगलादेशको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट करिब २० लाख मानिस बिचल्लीमा परेका छन् भने करिब १० लाख मानिस प्रभावित भएका छन्।

भारतको उत्तरपूर्वी भागबाट आएको बाढीको पानीले बराक नदीको ठूलो तटबन्ध भत्काउँदा जाकीगञ्जका कम्तीमा १०० गाउँ डुबानमा परेको सिल्हट क्षेत्रका प्रमुख सरकारी प्रशासक मोशर्रफ हुसेनले बताए।

‘बाढीबाट २ लाख मानिस बिचल्लीमा परेका छन्’, उनले भने । यो साता मात्र कम्तीमा १० जनाको मृत्यु भएको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *