कोभिडले हरेक ३० घण्टामा नयाँ अर्बपति जन्मायो

डिसी नेपाल
९ जेठ २०७९ १३:२१
2.5k
Shares

डाभोस। कोभिड–१९ महामारीले हरेक ३० घण्टामा एक जना नयाँ अर्बपति सिर्जना गरेको र २०२२ मा १० लाख मानिसहरू उही गतिमा चरम गरिबीमा फस्ने एउटा अध्ययन प्रतिवेदनले जनाएको छ। अक्सफामको हालसालैको प्रतिवेदन ‘प्रोफिटिङ फ्रम पेन’मा कोभिड–१९ महामारीले हरेक ३० मिनेटमा नयाँ अर्बपति सृजना गरेको र सन् २०२२ मा यही गतिमा १० लाख मानिस चरम गरिबीमा धकेलिने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार खाद्य र उर्जा क्षेत्रका अर्बपतिहरूले प्रत्येक दुई दिनमा १ अर्ब डलरले आफ्नो रकम बढाइरहेका छन्, किनकी महत्वपूर्ण वस्तुहरूको मूल्य दशकौँको तुलनामा द्रुत गतिमा बढेको छ।

कोभिड १९ पछि पहिलो पटक व्यक्तिगत रूपमा डाभोसमा विश्व आर्थिक मञ्चको सम्मेलन भइरहेका बेला प्रतिवेदन सार्वजनिक भएको छ। सम्मेलनमा अन्तर्राष्ट्रिय परोपकारी संस्थाले कम भाग्यमानीहरूलाई मद्दत गर्न धनीहरूलाई कर लगाउने समय भएको तर्क गरेको छ।

कोभिड र बढ्दो मूल्य बृद्धिका कारण २६ करोड ३० लाख मानिसहरू यसै वर्ष चरम गरिबीमा धकेलिने अक्सफामले अनुमान गरेको छ। यस हिसाबले हरेक ३३ घन्टामा १० लाख मानिस गरिबीमा धकेलिनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *