फिनल्याण्ड र स्वीडेन नेटोमा सामेल हुने बाटोमा टर्की तगारो

डिसी नेपाल
९ जेठ २०७९ १३:४६
3.3k
Shares

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार फिनल्याण्ड र स्वीडेनले आतंकवादको चिन्तालाई गम्भीरताका साथ नलिँदासम्म दुई देश नेटोमा सामेल हुने बारे सकारात्मक दृष्टिकोण नदेखाउने बताएका छन्।

उत्तर एट्लान्टिक सन्धि संगठन नेटो दोस्रो विश्व युद्ध पछि १०४९ मा गठन भएको थियो। यो संगठन अमेरिका, क्यानडा र अन्य पश्चिमी देशहरूले बनाएका थिए। यसलाई सुरक्षा गठबन्धन भनिन्छ। टर्की पनि नेटोको एक हिस्सा हो।

रुसका छिमेकी राष्ट्र फिनल्याण्ड र स्वीडेनले पनि युक्रेनमा रुसी आक्रमणको बीचमा नेटोमा सामेल हुन औपचारिक निवेदन दिएका छन् । रुसले पूर्वी युरोपमा नेटो विस्तारको विरोध गर्दै आएको छ र यसैलाई उद्धृत गर्दै युक्रेनमाथि हमला गरेको छ ।

तर टर्कीले फिनल्याण्ड र स्वीडेनलाई नेटोमा समावेश गरेकोमा पनि विरोध गरिरहेको छ । टर्कीले स्वीडेनले पृथकतावादी कुर्दहरूलाई शरण दिएको र समर्थन गरेको आरोप लगाउँदै आएको छ।

टर्कीका राष्ट्रपतिले नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गलाई फोनमा भनेका छन् कि जबसम्म स्विडेन आधारभूत मुद्दाहरूमा टर्कीसँग उभिने छैन भने उनको देशले यी दुई देशलाई नेटोमा समावेश गर्ने कुराको विरोध गर्नेछ।

एर्दोआनसँगको वार्ताको सन्दर्भमा नेटो प्रमुखले ट्वीट गरेका छन् कि उनले महत्वपूर्ण सहयोगी टर्कीका राष्ट्रपतिसँग कुरा गरेका न् । नेटो प्रमुखले सबै सहयोगीहरूको सुरक्षा चासोमा आफू सहमत भएको र यसलाई समाधान गर्नुपर्ने बताए।

बिहीबार नेटो प्रमुखले टर्कीको चिन्तालाई गम्भीरतापूर्वक लिने बताएका थिए। एर्दोआनले स्वीडेनका प्रधानमन्त्रीसँग पनि वार्ता गरेका छन् । उक्त कुराकानीमा एर्दोआनले आफ्नो देशको राष्ट्रिय सुरक्षा महत्वपूर्ण रहेको र स्वीडेनले त्यसको ख्याल गर्नुपर्ने बताए ।

एर्दोआनले स्वीडेनलाई टर्कीको रक्षा उद्योगमा लगाइएको प्रतिबन्ध हटाउन पनि माग गरेका छन् । सिरियामा टर्कीको सैन्य कारबाहीका कारण २०१९ मा स्विडेनले यो प्रतिबन्ध लगाएको थियो । स्वीडेन र फिनल्याण्डले सबै ३० सदस्य राष्ट्रको सहमति भएमा मात्रै नेटोको सदस्यता पाउन सक्छन्।

सुरुमा नेटोका १२ सदस्य राष्ट्र थिए। नेटोको गठनपछि उत्तर अमेरिका वा युरोपका यी देशहरूमध्ये कुनै एकमाथि आक्रमण भएमा संगठनमा संलग्न सबै देशले त्यसलाई आफूमाथिको आक्रमण मान्ने घोषणा गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *