आम आदमीका मुख्यमन्त्रीले घुस माग्ने आफ्ना मन्त्रीलाई ठाउँको ठाउँ बर्खास्त गरे
काठमाडौं । भारतको पञ्जाबका मुख्यमन्त्री भगवन्त सिंह मानले स्वास्थ्यमन्त्री विजय सिंगलालाई बर्खास्त गरेका छन् । उनीविरुद्ध भ्रष्टाचारको प्रमाण फेला परेको बताइएको छ ।
सिंगलाले ठेक्कामा आफ्ना पदाधिकारीसँग एक प्रतिशत कमिसन मागेको आरोप छ । पञ्जाबको मुख्यमन्त्रीको कार्यालयले सिंगलाविरुद्ध ठोस प्रमाण भेटिएको जनाएको छ ।
पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले आम आदमी पार्टीको सरकारले एक रुपैयाको पनि बेइमान सहन नदिने बताएका छन् । मानले यो सरकार जनताको आशा बनेर आएको बताए ।
भगवन्त मानले भने, ‘केजरीवालले हामीलाई भनेका छन् कि उनले एक रुपैयाको भ्रष्टाचार पनि सहने छैनन् । एउटा कुरा मेरो जानकारीमा आयो । सरकारका एक मन्त्रीले प्रत्येक टेन्डरमा एक प्रतिशत कमिसन मागेका थिए ।’
उनले अगाडि भने ‘यो केसको बारेमा मलाई मात्र थाहा थियो। मैले चाहेको भए यसलाई दबाउन सक्थेँ तर जनताको विश्वास तोड्न सकिनँ । अशोक सिंगलालाई बर्खास्त गरेको छु । उनले आफ्नो अपराध पनि स्वीकार गरिसकेका छन् ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment