इमरान खानको प्रदर्शनअघि इस्लामाबाद प्रवेशमा अवरोध

डिसी नेपाल
११ जेठ २०७९ १४:४१
96
Shares

इस्लामाबाद। पूर्वप्रधानमन्त्री इमरान खान र उनका समर्थकहरूको ठूलो विरोध प्रदर्शनअघि बुधबार पाकिस्तानको राजधानी इस्लामावादतर्फ जाने सबै सडकहरू अवरुद्ध पारिएका छन्। गत महिना अविश्वासको प्रस्तावमार्फत हटाइएपछि खानले देशभर विशाल  जुलुस आयोजना गरेर नयाँ गठबन्धन सरकारलाई दबाब दिएका छन्।

ताजा निर्वाचनको माग गर्दै हजारौँ मानिसहरूको नेतृत्व गरेर पूर्वक्रिकेटरसमेत रहेका खानले बुधबार उत्तरपश्चिमी सहर पेसावरमा रहेको आफ्नो पकड क्षेत्रबाट राजधानीतर्फ बढ्ने योजनामा छन्।

प्रधानमन्त्री शहबाज सरिफको नेतृत्वमा रहेको गठबन्धन सरकारले खानका समर्थकहरूलाई सहरमा प्रवेश गर्नबाट रोक्ने जनाएको छ । सरकारले र्‍यालीलाई ‘देशलाई विभाजन गर्ने र अराजकता बढाउने प्रयास’ भनेको छ।

‘कसैलाई पनि राजधानी घेरा हाल्न र आफ्नो शर्तहरू लाद्न दिनु हुँदैन’, गृहमन्त्री राना सनाउल्लाहले भने। प्रहरीले राजधानी जाने मुख्य राजमार्गहरूमा प्रवेश र निकास बिन्दुहरूमा प्रहरीले रोक लगाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *