विद्रोहीद्वारा काश्मिरकी महिला टिकटक स्टारको हत्या

डिसी नेपाल
१२ जेठ २०७९ ७:००
336
Shares

कश्मिर। जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ। टिकटक स्टार ३५ वर्षीया अम्रिन भाटलाई विद्रोहीले गोली हानी हत्या गरेका हुन् । आक्रमणमा महिलाका १० वर्षीया भतिजा पनि घाइते भएका छन्।

लश्कर–ए–तैइबा (एलईटी) मा आबद्ध कार्यकर्ताले बुधबार साँझ उनको हत्या गरेको प्रहरीले जनाएको छ। ‘विद्रोहीले करिब ७ बजेर ५५ मिनेट जादा अमरीन भाटलाई उनको घरमा गोली हानेका थिए । उनलाई घाइते अवस्थामा अस्पताल लगिएको थियो। अस्पताल लैजानेवित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरे’, कश्मिर प्रहरीले भनेको छ।

युवतीको हत्याबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *