अमेरिकाको टेक्सासमा १९ बालबालिकाको ज्यान जानेगरी भएको आक्रमणमा प्रहरीको ‘गल्ती’

डिसी नेपाल
१४ जेठ २०७९ १०:१६

काठमाडौं । टेक्सास स्कूल आक्रमणको अनुसन्धानमा संलग्न शीर्ष सुरक्षा अधिकारीले उभल्दे शहरको रोब इलिमेन्टरी स्कूलमा भएको आक्रमणको जवाफ दिन प्रहरीले गल्ती गरेको बताएका छन् ।

आक्रमणकारीले विद्यालयभित्र गोली चलाउँदा प्रहरीले तत्काल कक्षाकोठाभित्र पसेर रोक्न नसकेको उनले बताए । यो गलत निर्णय थियो। मंगलबार भएको उक्त आक्रमणमा २१ जनाको मृत्यु भएको थियो । जसमध्ये १९ बालबालिका र अधिकांश पाँचदेखि सात वर्षका थिए ।

शीर्ष प्रहरी अधिकारी स्टिभन म्याक्रले शुक्रबार एक पत्रकार सम्मेलनमा भने कि यदि मलाई यो सहयोगी हुनेछ जस्तो लाग्छ भने म पक्कै माफी माग्छु। उनले गोलाबारी भइरहेको कोठामा अफिसरहरू प्रवेश गर्न ढिलाइ गरेको स्वीकार गरे।

त्यही क्रममा कक्षामा उपस्थित विद्यार्थीहरूले बारम्बार फोन गरेर प्रहरीलाई भित्र आउन आग्रह गरिरहेका थिए ।

म्याक्रले स्वीकार गरे कि प्रहरी कक्षाकोठामा प्रवेश गर्नु र रोब इलिमेन्टरी स्कूलमा आइपुगेको समय बीच ४० मिनेटको अन्तर थियो। अर्थात् विद्यालयमा आएको ४० मिनेटपछि प्रहरीले गोली चलिरहेको ठाउँमा प्रवेश गर्ने निर्णय गरेको थियो ।

घटनास्थलमा पुगेका वरिष्ठ प्रहरी अधिकारीहरूले विद्यालयको चौकीदारलाई चाबी ल्याउन पर्खिरहेका थिए । ‘कुनै बच्चा खतरामा छैन’ वा ‘आक्रमणकारीले सबैलाई मारेको छ’ भन्ने उनको अनुमान थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *