‘अमेरिकाले युक्रेनलाई सहयोग गर्नुभन्दा आफ्नो स्कुलको सुरक्षालाई प्राथमिकता दिनुपर्छ’

डिसी नेपाल
१४ जेठ २०७९ १०:२३

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सासको एक प्राथमिक विद्यालयमा भएको हमलाप्रति प्रतिक्रिया दिँदै अमेरिकाले युक्रेनलाई दिने सहयोगभन्दा आफ्नो विद्यालयको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

पूर्व राष्ट्रपतिले भने ‘यदि अमेरिकाले युक्रेनलाई अर्बौं डलर सहयोग गर्न सक्छ भने, यसमा कुनै शंका छैन कि उसले आफ्ना बच्चाहरूलाई सुरक्षित राख्नको लागि जे पनि चाहिन्छ त्यो गर्न सक्षम हुनेछ।”

डोनाल्ड ट्रम्पले ह्युस्टनमा नेशनल राइफल एसोसिएशनको बैठकमा यो बयान दिएका हुन्। नेशनल राइफल एसोसिएसन अमेरिकाको सबैभन्दा ठूलो बन्दुक समूह हो।

पूर्व अमेरिकी राष्ट्रपतिको बयान उभल्देको रोब प्राथमिक विद्यालयमा भएको आक्रमणको तीन दिनपछि आएको हो। यस आक्रमणमा कुल २१ जनाको मृत्यु भएको थियो । जसमध्ये १९ जना साना बालबालिका थिए ।

अमेरिकाका पूर्व राष्ट्रपतिले अमेरिकाले इराक र अफगानिस्तानमा ट्रिलियन खर्च गरेको तर त्यसबाट केही हासिल नभएको बताए । ट्रम्पको यो सम्बोधनलाई जनताले ताली बजाएर स्वागत गरेका थिए ।

ट्रम्पले भने कि विश्व निर्माण गर्नु अघि हामीले हाम्रा बालबालिकाका लागि आफ्नै देशमा सुरक्षित विद्यालयहरू निर्माण गर्नुपर्छ।

यस महिनाको सुरुमा अमेरिकी संसदले युक्रेनलाई करिब ४० अर्ब डलर सैन्य सहायता दिने पक्षमा मतदान गरेको थियो। फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण गरेपछि अमेरिकाले ५४ अर्ब डलर सहयोग गरेको छ ।

यसै क्रममा अमेरिकामा बन्दुक राख्नेमाथि कडा नियन्त्रणको माग पनि भइरहेको छ । ट्रम्पले त्यस्ता कुनै पनि मागलाई अस्वीकार गर्दै विद्यालयको सुरक्षाका लागि ‘फुल-ओभरहोलिङ’ प्रस्ताव गरेका थिए।

आफ्नो सम्बोधनका क्रममा ट्रम्पले यस हमलामा मारिएकाहरुको नाम पढेर उनीहरूलाई सम्झिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *