इजरायलले इरानका शीर्ष सैन्य अधिकारीलाई तेहरानमै पुगेर मारिदियो

डिसी नेपाल
१४ जेठ २०७९ १४:०३
23.0k
Shares

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का कर्नेल सैयद खोडाईको आइतबार तेहरानमा गोली हानी हत्या गरिएको छ । इरानले हत्याको लागि इजरायललाई दोष दिएको छ । यसैबीच न्युयोर्क टाइम्सको रिपोर्टका अनुसार इजरायलले अमेरिकालाई आइतबार इरानको रिभोलुसनरी गार्डका कर्नेलको हत्या आफूले गरेको बताएको छ ।

रिपोर्टमा इरानी गुप्तचर अधिकारीलाई उद्धृत गर्दै दावी गरिएअनुसार इजरायलले अमेरिकी अधिकारीहरूलाई कर्नल खोडाईको हत्यामा आफ्नो हात रहेको बताएको छ। इजरायलका प्रधानमन्त्रीका प्रवक्ताले यस विषयमा केही भन्न अस्वीकार गरेका छन् । इरानी राष्ट्रपति इब्राहिम रइसीले हत्याको बदला लिने वाचा गरेका छन् ।

रिभोलुसनरी गार्डका प्रमुख जनरल हुसेन सलामीले शत्रुहरूले पश्चात्ताप गर्नुपर्ने र शत्रुहरूको घृणित मनसायको जवाफ दिइने बताए । इरानको राष्ट्रिय सुरक्षा परिषद्का सदस्य माजिद मिरहमदीले पनि हत्यामा इजरायलको हात रहेको बताएका छन् । उनले इजरायललाई यसको असर भोग्न चेतावनी समेत दिएका छन् ।

अमेरिकाले इरानको रिभोलुसनरी गार्डलाई आतंकवादी संगठन घोषणा गरेको छ । जसका कारण इरानसँगको सन् २०१५ को आणविक सम्झौता सन्तुलनमा छ।

अमेरिकाले रिभोलुसनरी गार्डलाई आतंकवादी संगठनको सूचीबाट हटाउने शर्तमा इरानले आणविक सम्झौतालाई पुनर्स्थापित गर्न माग गरिरहेको छ । अमेरिकाले इरानको यो शर्त मान्दैन, जसका कारण सम्झौता अलपत्र परेको छ ।

इजरायल यो आणविक सम्झौताको विरुद्धमा छ। सरकारसँग सम्बन्धित केही इजरायली विश्लेषकहरूले अमेरिका र इरानलाई आणविक वार्तालाई बहिर्गमन गर्ने उद्देश्यले खोदाईमाथि हमला गरिएको बताउँछन्। इरान र अमेरिकाबीच रिभोलुसनरी गार्डलाई आतंकवादी सूचीबाट हटाउने कुनै सम्झौता हुन नसक्ने अवस्था ल्याउन हरसम्भव प्रयास गरिएको उनिहरू बताउँछन् ।

एक इरानी गुप्तचर अधिकारीले आफ्नो नाम नछाप्ने सर्तमा भने कि इजरायलले अमेरिकी अधिकारीहरूलाई यो हत्या इरानलाई कुड्स फोर्स, युनिट ८४० नामको कारबाही रोक्न चेतावनीस्वरूप भएको बताएको छ।

युनिट ८४० लाई इजरायली नागरिक र अधिकारीहरू सहित संसारभरका विदेशीहरूलाई अपहरण र हत्या गरेको आरोप लगाइएको छ। इजरायली अधिकारीहरूले भने कि कर्नेल खोडाई युनिट ८४० का उप कमाण्डर थिए र इजरायली नागरिकहरू सहित विदेशीहरू विरुद्ध षड्यन्त्रमा संलग्न थिए।

इजरायलले मध्यपूर्व र छिमेकी इरानमा एकाइको सञ्चालनको जिम्मा खोदाईलाई दिइएको छ दावी गरेको छ ।

वर्षौंदेखि, उनले इजरायली, युरोपेली र अमेरिकी नागरिकहरूसँग मिलेर कोलम्बिया, केन्या, इथियोपिया, संयुक्त अरब इमिरेट्स र साइप्रसका सरकारी अधिकारीहरूमाथि आतंकवादी हमला गर्ने प्रयास गरिरहेका थिए।

इरानले युनिट ८४० जस्तै कुनै एकाइको अस्तित्वलाई अस्वीकार गरेको छ। इरानले कर्नल खोडाईलाई एक शहीद नायकको रूपमा हेर्छ, जो किशोरावस्थामा रिभोलुसनरी गार्डमा सामेल भएका थिए।

यद्यपि, इरानी अधिकारीहरूले इजरायलको आरोपको जवाफ दिएनन् कि कर्नल खोडाई सीमापार आतंकवादी षड्यन्त्रमा संलग्न थिए।

केही इरानी विश्लेषकहरूले अमेरिकाले रिभोलुसनरी गार्डलाई आतंकवादी संगठनको सूचीबाट हटाउन राजी नहुने गरी आरोप लगाइएको बताएका छन्।

खोदाईमाथि भएको यो आक्रमणलाई इरानको सुरक्षामा अर्को गम्भीर उल्लङ्घनको रूपमा हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *