नाइजेरियामा भागदौड मच्चिँदा कम्तीमा ३१ जनाको मृत्यु

डिसी नेपाल
१५ जेठ २०७९ ७:१९
60
Shares

कानो। दक्षिणी नाइजेरियामा शनिबार एउटा भीडभाडयुक्त चर्चको परोपकारी कार्यक्रममा खाना बाँडिरहेको बेला भागदौड मच्चिदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ।

दक्षिणी रिभर्स स्टेटको पोर्ट हार्कोर्ट सहरमा भएको भागदौडमा उनीहरुको मृत्यु भएको छ घटनापछि मानिसका शव, जुत्ता तथा चप्पलहरू भुइँमा छरिएका प्रहरी र प्रत्यक्षदर्शीहरूले जनाएका छन्।

पोर्ट हार्कोर्ट पोलो क्लबमा एक स्थानीय किंग्स एसेम्बली चर्च संगठनले गरिबहरूका लागि खाना र उपहारहरू प्रदान गर्दा भिड नियन्त्रणबाहिर गएको थियो।
‘दुर्भाग्यवश, भीड उथलपुथल र अनियन्त्रित भयो र आयोजकहरूले विवेक अप्नाउन गरेका सबै प्रयास बिफल भए’, प्रहरीले एक विज्ञप्तिमा भनेको छ।

प्रवेशद्वारमा छिर्न खोजिरहेका मानिसहरूलाई जबरजस्ती फिर्ता गराउँदा एक अर्कालाई कुल्चिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *