बेलायतको सुपरयाटमा आगलागी

डिसी नेपाल
१५ जेठ २०७९ ९:४२
60
Shares

लन्डन। बेलायतको डेभोन बन्दरगाहमा रहेको सुपरयाटमा ठूलो आगो लागेको छ। सो सुविधासम्पन्न याटले ८ हजार लिटर इन्धन बोकेको बताइएको छ। आपतकालीन सेवाहरूले हाल आगो निभाइरहेको डेभन र कर्नवाल प्रहरीले जानकारी दिएको छ।

आगोको धुवाबाट बच्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ। ‘हामी मानिसहरूलाई सो क्षेत्रबाट जोगिन र धुवाँका कारण ढोका/झ्यालहरू बन्द गर्न आग्रह गरिरहेका छौं’, प्रहरीले ट्वीटमा भनेको छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बीर तथा भिडियोमा आगोको धुवाको कालो मुस्लोले वरपरको वातावरण ढाकेको छ। आगलागीमा कोही पनि घाइते नभएको प्रहरीले विज्ञप्तिमा जनाएको छ। आगलागीमा याटमो क्षति भएको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *