इरानले पहाडमा लुकाएर राखिएका आफ्ना शक्तिशाली ड्रोन देखायो
काठमाडौं । इरानको सेनाले आफ्नो भूमिगत ड्रोन बेसको बारेमा केही जानकारी सार्वजनिक गरेको छ। यद्यपी यो बेस कहाँ बनेको छ भन्ने बारेमा भने केही बताइएको छैन ।
समाचार एजेन्सी रोयटर्सले सरकारी टेलिभिजन च्यानललाई उद्धृत गर्दै जाग्रोसको पहाडको बीचमा करिब १०० ड्रोन राखिएको बताएको छ ।
यसमा अबबिल-५ ड्रोन समावेश छ, जसमा काइम-९ मिसाइल जडान गर्न सकिन्छ। यो मिसाइल अमेरिकाको हेलफायरको इरानी संस्करण हो।
“यसमा कुनै शङ्का छैन कि इरानी सशस्त्र बलका ड्रोनहरू यस क्षेत्रमा सबैभन्दा शक्तिशाली छन्। यी ड्रोनहरूलाई अपग्रेड गर्ने हाम्रो क्षमतालाई कुनै पनि कुराले रोक्न सक्दैन,” सेनाका कमाण्डर मेजर जनरल अब्दुलरहिम मोसावीले भने।
इरानको सरकारी टिभी संवाददाताले भने कि उनले पश्चिमी इरानको केरमानशाहबाट गोप्य भूमिगत ड्रोन साइटमा ४५ मिनेट उडान गरे। तर, उनलाई ड्रोन बेसमा पुगेपछि मात्रै आँखाको पट्टी हटाउन अनुमति दिइएको थियो ।







डिसी नेपाल







Facebook Comment