बन्दरगाहमा राखिएको झण्डै १ अर्ब रुपैयाँ मूल्यको सुपरयाटमा आगलागी

डिसी नेपाल
१५ जेठ २०७९ १६:२८

काठमाडौं । लण्डनको डेभोन बन्दरगाहमा रहेको सुपरयाट ‘रोन्डेउ’मा आगलागी भएको छ । आगलागी यति खतरनाक थियो कि डुंगा पूरै ध्वस्त भएको थियो। आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन ।

यसबारे दमकललाई खबर गरिएको थियो। दमकल अधिकारीले भने–हामी तुरुन्तै घटनास्थल पुग्यौँ । आगो निभाउन करिब १० वटा दमकल खटाइएको थियो । तर ३ घण्टामै ध्वस्त भयो ।

उनले बिहान पानीमा अनौठो तरिकाले डुङ्गा हिडिरहेको देखेका थिए। बन्दरगाहका सुरक्षाकर्मीले केही बुझ्नुअघि नै सुपरयाटमा आगो लागेको थियो । द्रुत आगलागीको कारण सुपरयाटको ट्याङ्कीमा भरिएको इन्धन रहेको बताइएको छ । यस सुपरयाटबाट एट्लान्टिक महासागरमा केही मात्रामा तेल चुहावट हुने सम्भावना पनि छ।

यस सुपरयाटको मालिक अझै फेला परेको छैन। स्रोतले यो रुसी अर्बपतिको हुन सक्ने आशंका गरेको छ । आगलागीको घटना टेलिभिजन च्यानल र सञ्चारमाध्यममा आएपछि पनि यसको मालिक घटनास्थलमा आएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *