चर्चित गायक तथा कांग्रेसका नेता सिद्धूको हत्या, गाडीमा ३० भन्दा धेरै गोली हानियो

डिसी नेपाल
१६ जेठ २०७९ १०:५१

काठमाडौं । पञ्जाबी गायक तथा कांग्रेस नेता सिद्धु मुसेवालालाई पञ्जाबको मानसामा गोली हानेर हत्या गरिएको छ । बीबीसीका सहयोगी पत्रकार सुरिन्दर मानले मानसाका एसएसपी गौरव तोरालाई उद्धृत गर्दै सिद्धु मुसेवालाको हत्या भएको पुष्टि गरेका छन् ।

मानसाका सिभिल सर्जन डा रञ्जित सिंहले बीबीसी संवाददाता अरविन्द छाबरालाई भने, “सिद्धु मुसेवालासहित तीन जनालाई अस्पताल ल्याइएको थियो। अस्पताल ल्याउनुअघि नै सिद्धु मुसेवालाको मृत्यु भइसकेको थियो। बाँकी घाइतेहरूलाई पटियालाको राजेन्द्र अस्पतालमा रिफर गरिएको थियो। सिद्धु मुसेवालाको शरीरमा चारदेखि पाँचवटा गोलीका निशान देखिन्छन्, उनको छाती र तिघ्रामा गोली लागेको छ ।”

भटिंडा रेन्जका आईजी शिवकुमार वर्माले बीबीसी पञ्जाबी सेवा संवाददाता अरविन्द छाबरालाई प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताए। “अहिले घटनाको जानकारी बाहिर आउँदैछ। चलिरहेको गाडीमा आक्रमण गरिएको थियो । जवाहरके गाउँ नजिकै घटना भएको हो,” उनले भने।

सिद्धु मुसेवाला हत्या प्रकरणमा डीजीपी वीके भावराले दिएको जानकारी अनुसार सिद्धू मुसेवाला भनेर चिनिने शुभदीप सिंह सिद्धु आफ्ना दुई साथीहरूसँग बिहान साढे ४ बजे घरबाट निस्किएका थिए । साँझ करिब साढे ५ बजे जवाहरके गाउँ नजिकै उनीहरुमाथि आक्रमण भएको हो ।

मिथुखेडा हत्या प्रकरणमा सिद्धुका म्यानेजर शगनप्रीतको नाम बाहिर आएको थियो । उनी अहिले बाहिर छन्। यो घटनामा लरेन्स बिश्नोई गिरोहको हात छ जसको जिम्मेवारी क्यानडाबाट लक्कीले लिएका छन् ।

सिद्धु मुसेवालासँग ४ जना सुरक्षा गार्ड थिए, जसमध्ये २ जनालाई घल्लुघारा दिवसका दिन हटाइएको थियो । सिद्धु सुरक्षाकर्मी र बुलेट प्रुफ गाडी बिना घरबाट निस्किएका थिए ।

घटनापछि मुख्यमन्त्रीको आदेशमा एसआईटी गठन गर्न निर्देशन दिइएको छ । घटनास्थलबाट ३० थान गोली बरामद भएको छ । यी तीन फरक हतियारका हुन्। आक्रमणमा ९ एमएम र ४ एमएमको गोली बरामद भएको छ ।

यसअघि शनिबार पञ्जाब सरकारले ४२४ धार्मिक, राजनीतिक र प्रहरी अधिकारीहरूको सुरक्षा फिर्ता वा घटाएको थियो। जसमा सिद्धु मुसेवालाको नाम पनि परेको थियो ।

पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले ट्वीट गर्दै सिद्धु मुसेवालाको मृत्युमा शोक व्यक्त गर्दै यस घटनामा संलग्न कसैलाई पनि छाडिने छैन भनेका छन्। उनले जनतालाई शान्त रहन अपिल समेत गरेका छन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै लेखेका छन्, “सिद्धु मुसेवालाको हत्या निकै दुखद र स्तब्ध पार्ने छ। मैले भर्खरै पञ्जाबका सीएम मान साहिबसँग कुरा गरेको छु। दोषीलाई कडा भन्दा कडा सजाय दिइनेछ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *