कैदीले जेलभित्र बनाएका थिए गायक तथा कांग्रेस नेता सिद्धूको हत्याको योजना

डिसी नेपाल
१६ जेठ २०७९ ११:३८

काठमाडौं । चर्चित पञ्जाबी गायक तथा कांग्रेस नेता सिद्धू मुसेवालाको दिनदहाडै निर्ममतापूर्वक हत्या गरिएको छ। प्रहरीका अनुसार ३० राउण्ड फायर गरिएको थियो । लरेन्स बिश्नोई गिरोहका सदस्य लक्कीले हत्याको जिम्मेवारी लिएका छन् ।

तर अहिले यो हत्यामा नयाँ खुलासा भएको छ । सिद्धुको हत्याको योजना दिल्लीको तिहाड जेलमा बनाइएको थियो । भारतीय मिडियाका अनुसार लरेन्स बिश्नोईले गोल्डी बरारसँग भर्चुअल नम्बरमार्फत विदेशमा धेरै पटक कुरा गरेका थिए।

पञ्जाब प्रहरीले तिहाड जेलमा रहेका लरेन्स बिश्नोईसँग सोधपुछ गर्नेछ। पञ्जाब प्रहरीले लरेन्सलाई हिरासतमा लिन सक्छ। लरेन्स बिश्नोई तिहाड जेलको नम्बर ८ उच्च सुरक्षा सेलमा छन् । उनी जेलबाटै गिरोह सञ्चालन गर्छन् ।

लरेन्स बिश्नोईको गिरोहका अपरेटिभको संख्या करिब ७०० छ जसमा पेशेवर शूटर पनि छन् । बिश्नोईले मदिरा माफियाबाट फिरौती असुल्छन् । लरेन्स र उनको गिरोह पञ्जाब, हरियाणा, राजस्थान, दिल्ली र हिमाचल प्रदेशलगायत अन्य देशमा फैलिएको छ।

मूसावालाका बुबा बलकौर सिंहले पनि आफ्नो छोरालाई ग्याङ्स्टर लरेन्स बिश्नोईको गिरोहबाट धम्की र फिरौती माग्दै आएको दाबी गरेका छन् । बुबाका अनुसार मुसावालालाई फिरौतीका लागि पटकपटक धम्कीपूर्ण फोन आएको थियो ।

लरेन्स विश्नोइ

धम्कीका कारण परिवारले बुलेटप्रुफ फर्च्युनर कार पनि किनेको बुबा बलकौर सिंहले बताए । तर आइतवार सिद्धु आफ्ना दुई साथी (गुरविंदर सिंह र गुरप्रीत सिंह) सँग थारको कारमा कतै गएका थिए। बुलेटप्रुफ कार र सुरक्षाकर्मी दुवैलाई सिद्धुले घरमै छाडेर गएको बुवाले बताए ।

क्यानडाका ग्याङ्स्टर गोल्डी बरारले सिद्धु मुसेवालाको हत्याको जिम्मेवारी लिएका छन् । यदि स्रोतहरूको विश्वास गर्ने हो भने, सिद्धु मूसेवालाले बिश्नोई गिरोह विरोधी क्याम्पलाई समर्थन गरिरहेका थिए। यही कारणले सिद्धु मुसेवाला लरेन्स बिश्नोई गिरोहको निशाना बनेका थिए ।

सिद्धु मुसेवालाको हत्यापछि दिल्लीका विभिन्न जेलमा बन्दी नीरज बवानिया, टिल्लु ताजपुरिया र लरेन्स बिश्नोईका अपरेटिभहरूमाथि विशेष नजर राखिएको छ । स्रोतहरूले इण्डिया टुडेलाई बताएअनुसार अगस्ट ८, २०२१ मा, युवा अकाली नेता विक्की मिदुखेडाको मोहालीमा दिनदहाडै हत्या गरिएको थियो।

विक्की पञ्जाबका ग्याङ्स्टर लरेन्स बिश्नोईसँग निकै नजिक थिए । हत्या प्रकरणमा सिद्धु मूसेवालाका म्यानेजर शगन प्रीत सिंहको नाम सार्वजनिक भएको थियो । प्रहरी म्यानेजरसम्म पुग्नुअघि नै उनी भारतबाट भागेर अष्ट्रेलिया पुगेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *