२ जना पाकिस्तानी इजरायल जाँदा विश्वभरी यति धेरै हल्लाखल्ला किन ?

डिसी नेपाल
१६ जेठ २०७९ १३:४९

काठमाडौं । इजरायलसँग कूटनीतिक सम्बन्ध नभएको देश पाकिस्तानका दुईजना नागरिकले हालै इजरायल भ्रमण गरेका छन् । यी दुवै नागरिक अमेरिकाबाट आएको प्रतिनिधिमण्डलमा थिए र दुवै पाकिस्तानी राहदानीमा इजरायल पुगेका थिए ।

त्यसयता इजरायलप्रति पाकिस्तानको अडान परिवर्तनको चर्चा तीव्र भएको छ ।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले भ्रमणलाई ‘राम्रो परिवर्तन’ भनेका छन् । उनले डाभोसमा भएको वर्ल्ड इकोनोमिक फोरमको वार्षिक सम्मेलनमा यो प्रतिनिधिमण्डललाई भेटेको अनुभव उत्कृष्ट रहेको बताए ।

अब पाकिस्तानी न्यूज च्यानल जिओका एन्कर मुनीब फारुकीले आफ्नो कार्यक्रम आपस की बातमा यस भ्रमणको बारेमा उल्लेख गरेका छन्। इजरायल गएका पाकिस्तानी-अमेरिकीहरूमध्ये पाकिस्तानका अहमद कुरेशी पनि रहेको उनले बताए।

पाकिस्तानले अहिलेसम्म इजरायललाई राष्ट्रको रूपमा मान्यता दिएको छैन। पाकिस्तानमा हरेक सरकारले प्यालेस्टाइन-इजरायलमा एउटै अडान राखेको छ।

जियो न्यूजका एन्करले यो भ्रमणको उद्देश्यबारे सोध्दा अहमद कुरैशीले यो प्रतिनिधिमण्डल पाकिस्तानबाट नभई अमेरिकाले इजरायल पठाएको बताए ।

जब एङ्करले प्यालेस्टाइन क्षेत्रमा इजरायली कारबाहीमा प्रश्न उठाए, प्रतिनिधिमण्डलका अर्की सदस्य अनिला अलीले इजरायल र प्यालेस्टाइनले यो समस्या समाधान गर्न सक्ने बताइन्।

प्रतिनिधिमण्डलका सदस्य मुनिबले जियो न्यूजलाई भने कि इजरायलसँगको सम्बन्ध स्वतन्त्र प्यालेस्टाइन राष्ट्र बनेपछि मात्रै सम्भव हुने पाकिस्तानको अडान स्पष्ट छ। यो प्रवृत्ति कसैले परिवर्तन गर्न नसक्ने उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *