३६ जिल्लाका ११३ भन्दा धेरै महिलालाई फोन गरेर छाडा कुरा गर्ने व्यक्ति पक्राउ

डिसी नेपाल
१७ जेठ २०७९ १३:२५

काठमाडौं । भारतका विभिन्न ३६ जिल्लाका ११३ भन्दा धेरै महिलालाई फोन गरेर छाडा कुरा गर्ने रावेन्द्र मौर्य पक्राउ परेका छन् । ४५ वर्षका मौर्यलाई उत्तर प्रदेशको कौशाम्बी प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध ११३ महिलाले उजुरी दिएका थिए । फोनमा महिलालाई दुर्व्यवहार गर्ने मौर्यलाई कौशाम्बी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीबाट बच्नको लागि आरोपीले फोन कल गर्दा बारम्बार लोकेशन परिवर्तन गर्ने र बारम्बार सिम पनि परिवर्तन गर्ने गर्दथे । महिलालाई दुर्व्यवहार गर्न फोन गर्दा गाउँबाहिर खेतमा बसेर फोन गर्थे र गाउँमा आएर फोन बन्द गरिदिन्थे । महिलाको फोन नम्बर पत्ता लगाउन मनमानी ढंगले १० नम्बर डायल गर्थे ।

फोन गर्दा अर्को तर्फबाट कुनै महिला वा केटीको आवाज आयो भने कुरा गर्थे र पुरूषको आवाज सुनिएमा फोन काटिदिन्थे । कौशाम्बी प्रहरीले महिला पावर लाइनबाट आएका उजुरीसँग अभियुक्तको तथ्यांक मिलाउँदा आधा राज्यका महिलालाई यी पुरुषले दुर्व्यवहार गरेको थाहा भयो ।

४५ वर्षीय रावेन्द्र मौर्यलाई लखनउदेखि कानपुर, अम्बेडकरनगर, वाराणसी, बलरामपुर, झाँसी, गोंडा, महाराजगञ्ज हमीरपुरलगायत ३६ जिल्लामा प्रहरीले खोजिरहेको थियो। राजधानी लखनउमा मात्रै रवीन्द्रविरुद्ध १९ मुद्दा दर्ता छन् । यस बाहेक उन्नाव-कानपुर-अम्बेडकरनगरमा ७-७, प्रयागराजमा ६, रायबरेली र सीतापुरमा ५-५ मुद्दा दर्ता छन्।

रवीन्द्र मौर्यविरुद्ध ३६ जिल्लामा ११३ महिलाले उजुरी दिएका छन् । यस्तै एक महिलाले अश्लिल कुरा गर्न नमानेमा ज्यान मार्ने धम्की दिएर अपरिचित नम्बरबाट दुर्व्यवहार गरेको भन्दै कौशाम्बी प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले मोबाइल नम्बरबाट फोन ट्रेस गरी कोरियांन गाउँका रविन्द्र मौर्यलाई पक्राउ गरेको हो ।

११३ जना महिलाले यी पुरुषविरुद्ध एफआइआर दर्ता गरेका थिए । हाल ३६ जिल्लाका महिलालाई दुर्व्यवहार गर्ने रविन्द्र मौर्यलाई कौशाम्बी प्रहरीले पक्राउ गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *