संसारको यो कुनामा छ ‘सबैभन्दा डरलाग्दो’ टापु, यहाँ १ लाख ६० हजार मानिस मारिए !

डिसी नेपाल
१७ जेठ २०७९ १४:२०

काठमाडौं । विश्वको ‘सबैभन्दा डरलाग्दो’ टापु ५४ वर्षदेखि पूर्ण रुपमा बन्द छ । त्यहाँ सन् १९३० सम्म एउटा अस्पताल चलेको थियो तर त्यसका निर्देशकले अग्लो टावरबाट हाम फालेर आत्महत्या गरेका थिए । त्यसपछि टापुको बारेमा विभिन्न कुरा बाहिर आउन थालेपछि यो पूर्ण रूपमा बन्द भयो।

यस टापुको नाम पोभेग्लिया हो। यो इटलीका भेनिस र लिडो दुई शहरहरुको बीचमा स्थित छ। १४ औं शताब्दीमा यहाँ प्लेगका कारण करिब १ लाख ६० हजार मानिसको ज्यान गएको विश्वास गरिन्छ । ब्ल्याक डेथको आशंका गरिएका मानिसहरूलाई भेनिस प्रवेश गर्नुअघि यहाँ क्वारेन्टाइनमा राखिएको थियो त्यसैले यहाँ धेरै मृत्यु भएको मानिन्छ ।

सन् १९२२ मा टापुका भवनहरूलाई मानसिक रोगबाट पीडित मानिसहरूको आश्रयका लागि राखिएको थियो। त्यहाँ डाक्टरहरूले बिरामीहरूमा प्रयोग गर्ने हल्ला चलेको छ। त्यसपछि एक दिन डाक्टरको मृत्यु भयो । भग्नावशेष भएका भवनहरूमा डाक्टरका औजारहरू अझै छरिएका छन् । त्यसपछि यहाँ नर्सिङ होम चल्न थाल्यो । तर सन् १९६८ मा यो पूर्ण रुपमा बन्द भयो ।

विगत ५४ वर्षदेखि पोभेग्लिया टापु र यहाँ रहेको अस्पताल पूर्ण रूपमा बन्द छ । यहाँका भवनहरू जीर्ण र सड्न छोडिएका छन्। सन् २०१५ मा टापुको पुनर्विकासको प्रयास भएको थियो । पोभेग्लिया टापुमा लक्जरी रिसोर्ट बनाउने चर्चा चलेको थियो । व्यवसायी लुइगी ब्रुगनारो यो ठाउँको विकास गर्न इच्छुक रहेको बताइएको छ । तर त्यसपछि सम्झौता अधुरो रह्यो ।

पोभेग्लिया टापु अझै पनि सुनसान र डरलाग्दो छ। अर्बन एक्सप्लोरर्सका म्याट नादिन र एन्डी थम्पसनले पोभेग्लिया टापुमा भिडियो पनि बनाएका थिए। जुन उनले अक्टोबर २०२० मा युट्युबमा पोस्ट गरेका थिए। भिडियोमा उनले त्यहाँको अहिलेको अवस्था देखाएका छन् । उनले भनेका थिए– यो टापु निकै भयानक छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *