मुसेवालाको हत्यापछि मिका सिंहको हत्याको त्रास, ५० प्रहरी सुरक्षामा खटाइयो

डिसी नेपाल
१७ जेठ २०७९ १५:१०

काठमाडौं । चर्चित पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यापछि जोधपुरमा गायक मिका सिंहको प्रहरी सुरक्षा बढाइएको छ । मिका अहिले जोधपुरमा एउटा रियालिटी शोको सुटिङ गरिरहेका छन् ।

जोधपुरका पुलिस कमिश्नरले मिका सिंहको सुरक्षामा प्रहरी परिचालन गरेका छन् । सोमबार अबेर राति मिकाको होटलमा ५० सैनिक तैनाथ गरिएको छ । छायांकनका क्रममा त्यहाँ सुरक्षाको प्रबन्ध देखिएको थियो । होटल भित्र र बाहिर केही प्रहरी तैनाथ गरिएको छ । होटलमा ड्रोनबाट निगरानी भइरहेको छ ।

पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यापछि सिंहलाई सावधानीपूर्वक सुरक्षा दिइएको डीसीपी भुवन भूषण यादवले बताए। तर, मिकाको तर्फबाट भने कुनै सुरक्षा माग गरिएको छैन ।

यसअघि मुसेवालाको हत्यापछि मिका सिंहले लरेन्स ग्रुपले लेखेको पोस्ट सेयर गर्दै यो पेजलाई प्रतिबन्धित गर्नुपर्ने लेखेका थिए । उनले आफ्नो ट्वीटर ह्यान्डलमा लगातार पोस्ट गर्दै हत्याको निन्दा गरेका छन् ।

लरेन्सको फेसबुक पेजको स्क्रिनसट पनि पोस्ट गर्दै उनले यस्तो फेसबुक पेजलाई प्रतिबन्ध लगाउने कुरा गरे । मिकाको ट्वीटपछि जोधपुर पुलिस अलर्ट भयो। होटल उम्मेद प्यालेसमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।

मिकाले सिद्धुको हत्याप्रति शोक व्यक्त गर्दै चार-पाँच पोस्ट अपलोड गरेका छन्। अहिले मिका सिंह जोधपुरमा स्वयंवरको रियालिटी शो ‘मिका दी वोटी’ को सुटिङमा व्यस्त छन् । स्टार भारतमा प्रशारण हुने रियालिटी शोमा मिकाले आफ्नो लागि दुलही खोज्ने छन् । यो शोको छायांकन ७ जुनसम्म जोधपुरमा हुनेछ ।

मिकाको ट्वीटपछि सोमबार राति ५० जवानको समूह होटलमा पठाइएको थियो । होटल वरपर प्रहरी परिचालन गरिएको छ । गेटमा प्रहरी पनि तैनाथ गरिएको छ । यहाँ कडाई बढाइएको छ। होटलमा स्टाफ र सुटिङ गर्ने टोलीका सदस्यहरूलाई मात्र प्रवेश अनुमति दिइनेछ। छायांकन नहुँदासम्मका लागि बाँकीको प्रवेश बन्द गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *